चिसाङ शेर्पा खोटाङ,
दिक्तेलमा जारी क्षमता अभिबृद्धि तालिममा पत्रकारहरुको आर्कषण बढ्दै गएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारहरुका लागि तीनदिने क्षमता अभिबृद्धि तालिममा जिल्लामा रहेर राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको आर्कषण बढेको हो ।
शनिबारदेखी सूचना तथा सञ्चार मन्त्रालय सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासंघ दिक्तेल शाखाको संयोजकत्वमा जिल्ला समन्वय समितिको हलमा सूचना तथा प्रसारण विभागका प्रशिक्षकहरुले १६ जना बढी पत्रकारहरुलाई दोश्रो दिन समाचारको परिकल्पनादेखी पुरस्कारसम्मका विधि, अन्तर्वार्ताका किसिम, वाल स्ट्रिट जर्नल मोडल, थड मोड, पत्रकार पत्रकारविच अन्तर्वार्ता र पत्रकार सम्मेलन लगायतका वारेमा जानकारी गराइएको थियो ।
सैद्धान्तिक र प्रयोगात्मक तालिममा सहभागी पत्रकारहरुले तालिमले आफूहरुमा अझ निखारता आउने बताएका छन् । तालिममा सहभागी पत्रकारहरुलाई सूचना तथा सञ्चार मन्त्रालय सूचना तथा प्रसारण विभागका प्रशिक्षक विजय मिश्रले प्रशिक्षण दिएका छन् । क्षमता अभिबृद्धि तालिम सोमबार समापन हुनेछ ।
२०७५ माघ २७ गते साँझ ५ : ५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology