• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारलाई क्षमता अभिबृद्धि तालिम

पत्रकारलाई क्षमता अभिबृद्धि तालिम


चिसाङ शेर्पा
  • शनिबार, माघ २६ २०७५

  • क्षतमा अभिबृद्धि तालिममा सहभागी पत्रकारहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    दुर्गम जिल्लामा कार्यरत पत्रकारहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । खोटाङमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको लागि क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको हो ।

     

    सूचना तथा सञ्चार मन्त्रालय सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासंघ दिक्तेल शाखाको संयोजकत्वमा शनिबारबाट जिल्ला समन्वय समितिको हलमा सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा जिल्लामा क्रियाशिल दर्जनभन्दा बढी पत्रकारहरुको सहभागिता छ । तालिमको पहिलो दिन सूचना संकलन गर्ने कला, सूचनाको स्रोत, सूचना प्राप्त हुने माध्यमहरु, समाचार संकलनका सिद्दान्तहरु प्रयोग नगर्दा हुने समस्याहरु, समाचारको स्रोत खोज्ने तरिका लगायतको वारेमा जानकारी गराइएको थियो । क्षतमा अभिबृद्धि तालिममा सहभागी पत्रकारहरुले तालिमले आफूहरुमा अझ निखारता आउने बताएका छन् ।

     

    तालिममा सहभागी पत्रकारहरुलाई सूचना तथा सञ्चार मन्त्रालय सूचना तथा प्रसारण विभागका प्रशिक्षक विजय मिश्रले प्रशिक्षण दिएका छन् । जिल्लामा रहेका सञ्चार माध्यम र त्यसमा आवद्ध पत्रकारहरुलाई खबर सम्प्रेषण गर्नमा हतार नगरी तथ्यपरक, सकारात्मक समाचार लेखन र आचारसंहिता पालनागरी कलम चलाउन महानिर्देशक घिमिरेले आग्रह गर्नुभएको छ ।
    २०७५ माघ २६ गते साँझ ६ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology