चिसाङ शेर्पा खोटाङ,
कृषकहरुलाई प्रोत्साहन र नयाँ कृषि प्रविधिको वारेमा जानकारी दिने उद्देश्यले खोटाङको कुभण्डेमा दुई दिने प्रतियोगितात्मक बृहत कृषि मेला प्रदर्शनी सुरुवात भएको छ । गाउँपालिका स्तरीय कृषि मेलामा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न कृषि उपजहरु राखिएको छ ।
‘कृषि उपजको बृद्धि कृषकको सान, व्यवसायिक कृषिलाई सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथमा रावाबेंशी गाउँपालिकाको तीन लाख बजेटमा कुभिण्डेस्थित रत्नराज्य लक्ष्मी आधारभूत विद्धालयमा बिहीबारबाट सुरु भएको कृषि मेलामा तरकारी, दलहन, नगदे, खाद्यन्न, फलफुल जरे र विविध गरी ३ सय ४५ किसिमका बालीहरु दर्ता भएको गाउँपालिकाका कृषि संयोजक मुगाधन राईले बताए ।

कृषि मेलामा खाद्यन्न २४, फलफुल ४७, तरकारी १३१, दलहन ३४, नगदे २८, जरे ४२ र विविधमा ३९ गरी सात किसिमका बालीहरु दर्ता भएका छन् । दर्ता भएका बालीहरुलाई रोग किरा नलागेको, जातीय सुद्धता, सामान्य देखाई, प्राविधिक मुल्यांकनको आधारमा शुक्रबार पुरस्कृत गरिनेछ । प्रत्येक बालीबाट ४/४ जना किसान पुरस्कृत हुनेछ । पुरस्कृत किसानलाई नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।



२०७५ माघ २४ गते साँझ ७ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology