• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किशोरीलाई बलात्कार गरेर फरार रहेका अभियुक्त पक्राउ

किशोरीलाई बलात्कार गरेर फरार रहेका अभियुक्त पक्राउ


समायोजन खबर
  • बुधबार, माघ २३ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    १६ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रविण भन्ने विष्णु प्रसाद भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

    २०७५ साल कात्तिक महिनाको दोस्रो हप्ता पीडित किशोरीलाई कैलाश गाउँपालिका वडा नम्बर १० मा रहेको जंगलमा लगेर जबरजस्ती करणी गरी फरार रहँदै आएका विष्णुलाई मंगलबार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । करणीबाट किशोरी गर्भवती भएपछि प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेका विष्णुलाई जिल्ला अदालतबाट मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।
    २०७५ माघ २३ गते राती ८ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology