समायोजन खबर विराटनगर,
सातै प्रदेशबाट वैदेशिक रोजगारसँग सम्बन्धी सेवा दिने योजना अनुसार सरकारले आजबाट प्रदेश नम्बर एकको विराटनगरबाट सेवा सुरु गर्दैछ । सरकारले आजदेखि प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागेको हो । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जानकारी दिएको हो । प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालीम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

यसअघि गत पुस १५ गतेदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट पनि सेवा सुरु भइसकेको छ । पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट र माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत यो सेवा प्रदान गर्न थालिसकिएको छ ।
२०७५ माघ २३ गते बिहान ८ : ५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology