चिसाङ शेर्पा खोटाङ,
नेपाल विद्यार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संघका विधार्थी नेताहरुले दिक्तेलको संगमपार्कमा शुक्रबार साँझ ७ बजे ओलीको पुत्ला दहन गरेका हुन ।
दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले अनियमितता, भ्रष्टाचार, बलात्कार, वाईडबडी विमान खरीद प्रकरणमा अनियमितता गर्नेलाई कारवाही नगरी ढाकछोपको प्रयास गरेको भन्दै उनीहरुले त्यहाँ विरोध प्रदर्शन समेत गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओली र सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो ।

पुत्ला दहनपछि विधार्थी नेता राजन भट्टराईले सम्बोधन गरेका थिए । वर्तमान सरकार नसुध्रिएसम्म शसक्त ढंगले सरकारको विरोध गरिरहने उनले बताए ।
२०७५ माघ १८ गते राती ९ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology