चिसाङ शेर्पा खोटाङ,
रावाबेंशी गाउँपालिकाले अपांगता परिचयपत्र वितरणको काम थालेको छ । गाउँपालिकाभरीका अपांग ब्यक्तिहरुलाई राज्यले दिने सेवा सुविधा दिलाउनका निम्ति परिचयपत्र वितरणको काम थालेको हो ।
गाउँपालिकाको तीन लाख बजेटले बुधबारदेखी लामिडाँडाबाट अपांगता परिचयपत्र वितरण थालिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । पहिलो दिन लामिडाँडामा अतिअशक्त दश जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ ।

यस्तै, माघ १७ गते खार्पा, १८ गते कुभिण्डे, १९ गते हौंचुर, २० गते दुवेकोल र २१ गते डुम्रेधारापानी अपांगता परिचयपत्र वितरण गरिनेछ । अपांगताको हकमा रातो परिचयपत्र पाउनेले मासिक २ हजार र निलो परिचयपत्र पाउनेले मासिक ६ सयका दरले भत्ता पाउनेछन् ।
२०७५ माघ १६ गते साँझ ६ : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology