चिसाङ शेर्पा खोटाङ,
प्राविधिक शिक्षालय स्थापनाका लागि श्रीमावि बाँसबोटे लफ्याङले पुराण लगाउने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा रहेको एकमात्र मावि विद्धालयले प्राविधिक शिक्षालय स्थापनागरी गाउँघरमै प्राविधिक शिक्षा दिने उद्देश्यले भोली (बुधबार)देखी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण लगाउने भएको हो ।
नगरपालिकाभीत्रको १५ वडामध्ये ‘वडा शिक्षा समिति’ गठनगरी शैक्षिक क्यालेण्डर लागू गरेर शिक्षामा नयाँ फड्को मारिरहेको पाँच विद्धालय मध्येमा श्रीमाविले यहि माघ १६ गतेदेखी २३ गतेसम्म विद्धालयको प्राङगणमा सप्ताहव्यापी पुराणको आयोजना गरेको पुराण व्यवस्थापन समितिले जनाएको छ । अभिभावक र विधार्थीले प्राविधिक शिक्षालयको माग गरेकाले विद्धालय, वडा शिक्षा समिति, बुद्धिजीवि, सरोकारवाला, समाजसेवी लगायतको राय सल्लाह बमोजिम शिक्षामा सुधार ल्याउन पुराण लगाउने निर्णयमा पुगिएको श्रीमावि बाँसबोटेका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । पुराणबाट संकलित रकम कार्यक्रमको खर्च कटाई प्राविधिक शिक्षालयको लागि प्रयोग गरिनेछ ।

प्राविधिक शिक्षालय स्थापनामा सवैको साथ र सहयोग भएमा आफूहरु सफल हुने वडाध्यक्ष निर्मल राईले बताए । शैक्षिक क्षेत्रमा अर्को ईटा थप्ने महान कार्यमा सहभागी भई स्वेच्छिक रुपमा भौतिक तथा आर्थिक सहयोग गरिदिन समेत सबैलाई आग्रह गरिएको वडाध्यक्ष राईको भनाई छ । शैक्षिक सुधारका लागि गरिने पुराणका लागि प्रचारप्रसारको कार्य सकिएको छ । शैक्षिक सुधार र पुर्वाधार विकासका लागि भनि दुई वर्षअघि देउसी खेलेर हाल कक्षा ११ र १२ सञ्चालन गरेको श्रीमाविले देउसी खेलेकै पैसाले १३ रोपनी जग्गा खरिद गरेको थियो । खरीद गरिएको जग्गा र विद्धालयको गरी हाल विद्धालयसँग प्रयोगात्मक सिकाईका लागि तीस रोपनी जग्गा छ ।
२०७५ माघ १५ गते मध्यान्ह १२ : १३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology