चिसाङ शेर्पा खोटाङ,
खोटाङमा जारी बृहत एकल सांगितिक प्रतियोगिता ‘हलेसी’ साईनो स्टारको जिल्ला स्तरीय अडिसन सुरु भएको छ । पालिका स्तरीय अडिसन सम्पन्न भएपछि छनौटमा परेका सवै प्रतियोगीलाई भेला पारेर दिक्तेलमा ‘जिल्ला स्तरीय अडिसन’ सुरुवात भएको हो ।

युवराज राई तस्विर चिसाङ शेर्पा
साईनो कला केन्द्र दिक्तेल र हलेसी टाईम्स दैनिक पत्रिकाको संयुक्त आयोजनामा बुधबार दिउँसोबाट दिक्तेलस्थित समिक्षालय हलमा भएको जिल्ला स्तरीय अडिसनको पहिलो दिन ५० जना प्रतियोगीहरुले प्रस्तुती देखाएका छन् । जिल्ला स्तरीय अडिसनका लागि छनौटमा परेका ११८ जना प्रतियोगीमध्ये उनीहरुले प्रस्तुती दिएको हलेसी साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अन्य ६८ जनाले भोली (बिहीबार) प्रस्तुती दिनेछन् ।

प्रदिप राई तस्विर चिसाङ शेर्पा
जिल्ला स्तरीय अडिसनका लागि गायक तथा संगीतकार पृथी जिम्बा (तामाङ) र गायक/संगीतकार तथा संगीत प्रशिक्षक मण्डल साङपाङ निर्णायकमा छन् । निर्णायकद्धयले उत्कृष्ट प्रस्तुती देखाएका १६ जना प्रतियोगीलाई पहिलो दिनै आगामी अडिसनका लागि घोषणा गरेका छन् । अडिसनको नतिजा भने, भोली मात्रै आउनेछ । भोली ४६ जना बाहिरनेछ । स्टारको आगामी चरणको अडिसन निरन्तर हुने आयोजकले बताएको छ । उत्कृष्ट २० बाट भोटिङ सिष्टम लागू हुनेछ ।

प्रदिप राई खार्मी तस्विर चिसाङ शेर्पा
जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु-याउने उद्देश्यले गएको पुस ९ गतेदेखी आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।

अडिसनमा रम्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख लगायत । तस्विर चिसाङ शेर्पा
प्रतियोगिताको पहिलो पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दोश्रो शरद ज्वेलरी र तेश्रो पुरस्कार गायक पशुपती शर्माले प्रायोजन गरेको छ । यस्तै गायक तथा संगीतकार डि आर अटुले प्रतियोगितका प्रथम, गायक रेवत राइले दोश्रो र गायक नविन रहपालले प्रतियोगितमा तेश्रो हुनेको निःशुल्क गीत रेर्कड गराइदिनेछन् ।

निर्णायक भूमिका निर्वाह गर्दै गायक तथा संगीतकार पृथी जिम्बा तामाङ र गायक/संगीतकार तथा संगीत प्रशिक्षक मण्डल साङपाङ । तस्विर चिसाङ शेर्पा
२०७५ माघ ९ गते साँझ ७ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology