समायोजन खबर झापा
झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा सचिव सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीय पूर्णबहादुर तामाङसँग नागरिकता सिफारिस बापत ९ हजार रुपैयाँघुस लिएको आरोप लागे पछि स्थानीयबासीले कारवाहिको माग गर्दै वडा सचिवलाई प्रहरीको जिम्मा लगाएका हुन ।
सचिव घिमिरेले सेवाग्राहीसँग पटक पटक घुस लिएको आरोप लागेको छ । घुस्याहा कर्मचारीलाई कार्यालयमा राख्न नहुने भन्दै स्थानीयले बिरोध गरेपछि प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
२०७५ माघ ७ गते बिहान ८ : ०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology