समायोजन खबर खोटाङ,
खोटाङको बाम्राङका चार सुत्केरी आमालाई सम्मान गरेर प्रोत्सहन रकम हस्तान्तरण गरिएको छ । स्वास्थ्य तालिका अनुशार चार पटक गर्भजाँच गराएको र बर्थिङ सेन्टरमा गएर बच्चा जन्माएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी स्थानीय कमला थापा, सुस्मिता दाहाल, रमा रम्तेल र सर्मिला खत्रीलाई दोसल्ला ओढाएर राज्यले उपलव्ध गराएको यातायात खर्च र प्रोत्साहन रकम हस्तान्तरण गरिएको हो ।
बर्थिङ सेन्टरमा गएर बच्चा जन्माएकामा सुत्केरी आमालाई यातायात खर्च र चार पटक गर्भजाँच गराए वापत एकमुष्ट २ हजार ८ सयका दरले रकम हस्तान्तरण गरिएको स्वास्थ्य चौकी बाम्राङका अहेव प्रकाश घिमिरेले जानकारी दिए । चार पटक गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने आमालाई बाम्राङका वडाध्यक्ष ललित राई, वडा सदस्य राजेन्द्र राई, दिल चामलीङ, स्थानीय स्वास्थ्य सहयोग समितिका अध्यक्ष ज्ञानबहादुर राई लगायतले दोसल्ला ओढाएर प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बाम्राङका अन्य गर्भवती महिलालाई समेत सम्मान गरिएको थियो ।
२०७५ माघ ७ गते बिहान ७ : ५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology