• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनसरीमा आधा दर्जन पत्रकार सम्मानित

सुनसरीमा आधा दर्जन पत्रकार सम्मानित


समायोजन खबर
  • आइतबार, माघ ६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर इनरुवा,
    सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय समाचार समिति इनरुवा समाचारदाता अजितकुमार झासहित आधा दर्जन पत्रकार सम्मानित भएका छन् । इनरुवा नगरपालिका र शान्तिदीप नेपालको आयोजनामा भएको प्रतियोगितामा खेललाई सफल बनाउनका लागि आफनो सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान तथा सहयोग गरेको भन्दै रासस इनरुवा समाचारदाता झासहित आधा दर्जन पत्रकार सम्मानित भएका हुन् ।

     

    उनीहरुलाई नेकपाका प्रदेश नं १ प्रमुख तथा प्रदेश नं १ का सांसद भीम आचार्यले सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा अन्य क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, कान्तिपुर दैनिकका बेदराज पौडल, ब्लाष्ट टाइम्सका राजन निरौला, मकालु टेलिभिजनका अमर काफ्ले, प्रतिक्षण दैनिकका इकवाल अहमद र पूर्वेली न्यूजका मिकाइल आलम रहेका छन् ।
    २०७५ माघ ६ गते दिउँसो १ : ५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology