समायोजन खबर काठमाण्डौ,
स्पेनको भू–मध्ये सागरमा आप्रवासीहरुचढेको दुईवटा डुङ्गा डुब्दा कम्तीमा १ सय ७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी चढेको एउटा डुङ्गा दुर्घटनामा परी १ सय १७ जनाको मृत्यु भएको हो भने अल्बेरियन समुद्री क्षेत्रमा अर्को डुङ्गा दुर्घटनामा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आप्रवासी सवार डुङ्गा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुङ्गाको खोजी गरिरहेका छन् ।सन् २०१८ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयास गर्दा २ हजार २ सय भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । इटलीलगायतका युरोपेली मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेसँगै अवैधत्यहाँ पुग्न खोज्नेहरू बढ्दै गएका छन् ।
२०७५ माघ ६ गते बिहान ८ : ५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology