समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताउनुभएको छ । आज व्यवस्थापिका संसदमा काँग्रेस सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले डा गोविन्द केसीको १६ औँ अनशनका विषयमा एक जना अनशन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताउनुभएको हो ।
सांसद थापाले प्रतिनिधिसभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको भनी सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘बहुमत छ भन्दैमा म संसदलाई आदेश दिन सक्दिनँ, संसदको निर्देशन पालना गर्छु ।’ १६औँ अनशन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले एक जना अनशन बसेपछि देशै ठप्प हुने अवस्था आउन नहुने धारणा राख्नुभयो । केही नेपाली नागरिकहरूले ५० अर्ब रुपैयाँ भन्दा धेरै स्विटजल्र्याण्डको बैंकमा राखेको पाइएको प्रति उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले सत्यतथ्य छानबिन गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालजलमार्ग र रेलमार्गको विकासमा अघि बढिरहेको दाबी गर्नुभयो ।
कोलकाता बन्दरगाह पुग्न एकडेढ सय किलोमिटरमात्र बाँकी हुनेगरी जलमार्गको विकास हुने उहाँले जानकारी दिनुभयो । वीरगञ्ज–काठमाडौँ रेलमार्गबारे भारत सरकार र केरुङ–काठमाडौँ रेलमार्गका लागि चीनसँग काम अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ । सांसदले नै सोधेको संविधान संसोधनको प्रश्नमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०७५ माघ ४ गते साँझ ७ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology