समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ । आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो तर, प्रवक्ता शर्माले यहि माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने बताएका हुन् । ‘विधान अनुसार थपिएको समय सकिँदै गरेको र यसबीचमा नेविसंघले महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वलाई निर्वाह गर्न नसकेको सन्दर्भ यहाँहरु जान्नुहुन्छ’, प्रवक्ता शर्माले भने, ‘यसका कमजोरीको खोजी गरिनेछ र माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको जानकारी गराउन चाहन्छु ।’ यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।
२०७५ माघ २ गते राती ८ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology