समायोजन खबर काठमाण्डौ,
बहुचर्चित चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसको असन्तुष्टि चुलिएको छ । हिजो कांग्रेसको असन्तुष्टिका बाबजुद संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा पेश भएसँगै कांग्रेस असन्तुष्ट भएको हो ।
यसैबीच कांग्रेस सांसद दिलेन्द्र बडुले बहूमतका आधारमा विधेयक पारित भएमा संसद चल्न नदिने चेतावनी दिनुभएको छ । साउन २१ गते संसदले विधेयक समितिमा पठाएको थियो । समितिले छलफलका लागि दश सदस्यिय उपसमिति गठन गरी पटक पटक बैठकमा छलफल गरेको थियो । उपसमितिले विधेयक माथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालासँग छलफल गरेको थियो । पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते कांग्रेसका सांसदको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो ।
यस्तै सरकारले आफुसँग गरेको सहमति विपरित विधेयक प्रतिवेदन समितिबाट पारित भएपछि पुस २५ देखि डाक्टर गोविन्द केसी इलाममा अनसन बसिरहनु भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सहयोगीहरुले बताएका छन् । डा. केसीलाई अनसन स्थलबाट जिल्ला अस्पताल सार्ने तयारी भईरहेको इलामका प्रमूख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिनुभयो । डा. केसीलाई आजै जिल्ला अस्पताले भर्ना गरिने बताईएको छ ।
२०७५ पुस ३० गते बिहान ९ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology