• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन


समायोजन खबर
  • मंगलबार, पौस १७ २०७५

  • समायोजन खबर काठमाडौं,
    प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो । तर पुष्टि भएको थिएन ।

     

    टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ अर्थात हिजो उनको निधन भएको उल्लेख गरेको छ । उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ । उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए । एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए ।  अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म ’दाग’ बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए ।उनका ३०० भन्दा बढी फिल्म छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन् । अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको ’जवानी दिवानी’ मा सम्वाद लेखेका थिए ।
    २०७५ पुस १७ मध्यान्ह १२ः १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology