• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बलात्कारका घट्ना बढी

खोटाङमा बलात्कारका घट्ना बढी


चिसाङ शेर्पा
  • सोमबार, पौस १६ २०७५

  • सार्वजनिक सुनुवाई कार्यक्रममा तथ्यांक सार्वजनिक गर्दै डिएसपी राजकुमार केसी । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    जिल्लामा जबरजस्ती बलात्कारका घट्ना बढीरहेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बलात्कारका घट्ना बढीरहेको तथ्यांक सार्वजनिक भएको हो । चार महिनाको अवधिमै महिला तथा बालिका बलात्कार र बलात्कार प्रयासका १७ वटा घट्ना घटेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । गत साउन १ गतेदेखि हालसम्मको अवधिमा बालयौन दुरुपयोगका १ वटा मुद्धा दर्ता भएको छ । बलात्कार र बलात्कार प्रयासका जम्मा घट्नामध्ये १५ घट्ना आफन्त तथा चिनजानबाटै भएको डिएसपी केसीले जनाए । ।

     

    यस्तै, आर्थिक वर्ष २०७५/०७६ लागेयता झुण्डिएर आत्महत्या गरेका १६ वटा र बिष सेवनबाट ११ वटा घटना घटेको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये आत्महत्या दुरुतसाहनका २ वटा मुद्धा चलाइएको छ । यस अवधिमा ज्यान मार्ने उद्योगका ७ वटा, चोरीका २ वटा, ठगीका १ वटा, बहुबिवाहका २ वटा, हातहतियार खरखजनाका १ वटा घटना घटेको डिएसपी केसीले जानकारी दिए । यस्तै, बिभिन्न मुद्धामा दोषी ठहर भएपनि फरार रहेका २४५ जनामध्ये ३४ जना अभियुक्त पक्राउ भएका छन् । उनीहरुबाट १४ लाख ५५ हजार ९१४ रुपैयाँ जरिवाना रकम अशुल भएको र १३५ वर्ष ४ महिना कैंद भुक्तान भएको डिएसपी केसीले जानकारी दिए ।

     

    कार्यक्रममा सहभागीले दुई वर्षअघि हत्या गरिएकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरी र प्रशासनको ध्यानाकर्ष गराएका छन् । प्रहरी सेवालाई थप प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाई गरिएको डिएसपी केसीले बताए ।

    यो पनि पढ्नुहोस

    मझुवागढीमा सरसफाई (चार फोटो)

    २०७५ पुस १६ गते साँझ ७ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology