समायोजन खबर काठमाडौं,
काठमाडौं उपत्यकासहित देशभरी चिसो झनै बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै हिजो यस वर्षकै बढी चिसो भएको थियो । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौैंको न्यूनतम तापक्रम १ डिग्री रहेको छ । महाशाखाकाको पछिल्लो विवरणानुसार डडेल्धुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्रिसम्म पुगेको छ । मौसमविद् शान्ति कँडेलले केही दिन चिसो थप बढने र त्यसपछि सुधार आउने जानकारी दिनुभयो ।
२०७५ पुस १६ गते बिहान ९ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology