समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसले आज देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला जिल्लामा कार्यक्रम राखेको छ । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलिय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो । त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो ।
तर भारतमा पटकपटक अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट स्वदेश फर्किएका थिए । भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शिर्षस्थ नेताहरु वीपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाईं, शैलजा आचार्यलगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको निति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।
२०७५ पुस १६ गते बिहान ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology