• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेयरकपको उपाधी वडा नम्बर ५ लाई

मेयरकपको उपाधी वडा नम्बर ५ लाई


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • समायोजन खबर ताप्लेजुङ
    फुङलिङ नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप वडास्तरिय भलिवल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ । आज सम्पन्न फाइनलमा वडा नम्बर ११ फावाखोला पराजित भएको छ । उपाधिसहित वडा नम्बर ५ ले नगद ७५ हजार रुपैंया र दुई तोला सुन र तीन सय तोला चाँदी जडित रनिङकप समेत प्राप्त गरेको छ ।

     

    उपविजेता बनेको वडा नम्बर ११ ले नगद ५० हजार प्राप्त ग¥यो । फुङ्लिङबजारस्थित नयाँ रणभिम गुल्मको मैदानमा फाइनल खेल भएको थियो । पहिलो सेट १५–२५ ले गुमाएको वडा नम्बर ५ ले दोश्रो २५–२२, तेश्रो २५–११ र चौंथो २५–१७ ले जितेको थियो ।
    २०७५ पुस १५ गते साँझ ५ : ५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology