समायोजन खबर झापा,
छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र साली कचनकवल–२ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २०२ ग्राम बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले लागुऔषध बिक्री–वितरण गर्ने गरेको खुलेको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।(रासस)
२०७५ पुस १५ गते साँझ ५ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology