• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प


समायोजन खबर
  • शनिबार, पौस १४ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौं,
    फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, आज बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

     

    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटन नजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।

     

    सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । फिलिपिन्स भूकम्पीय जोखिममा रहेका देशहरुको अग्रपंक्तिमा पर्छ । सन् २०१७ को जुलाईमा पनि यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
    २०७५ पुस १४ मध्यान्ह १२ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology