समायोजन खबर काठमाडौं,
काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको आज बिहानको १ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान २ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम पौने ८ बजे १ दशमलव ५ डिग्रीमा झरेको हो ।
काठमाडौंको हिजोको तापक्रम पनि २ डिग्री मापन गरिएको थियो । यसअघि सन् १९७८ जनवारीमा काठमाडौंको तापक्रम माइनस ३ दशमलव ५ डिग्री पुगेको महाशाखाले जनाएको छ । जुम्लाको बिहानको तापक्रम माइनस ८ डिग्री पुगेको छ ।
२०७५ पुस ११ गते मध्यान्ह १२: ०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology