समायोजन खबर काठमाडौं,
भर्खरै सम्पन्न नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । आज बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले आज बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।
पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।
२०७५ पुस ११ गते बिहान ११ : ३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology