चिसाङ शेर्पा खोटाङ,
सांगितिक प्रतियोगिता ‘हलेसी’-साईनो स्टारको दिप्रुङ चुईचुम्मा गाउँपालिका अडिसनबाट ८ जना छनौटमा परेका छन् । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु-याउने उद्देश्यले पुस ९ गतेबाट सुरु भएको स्टारको पहिलो अडिसनबाट उक्त संख्यामा नव प्रतिभाहरु छनौट भएको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा मंगलबार समापन भएको पालिकास्तरीय अडिसनबाट बिनिता राई, विशाल राई, महेश चाम्लिङ, प्रदीप राई, निश्चल सिग्देल, अनुराग राई, संग्राम राई र सञ्जय राई छनौट भएको हलेसी–साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । संगीतकार भक्तकुमार बिश्वकर्मा र प्रमोद श्रेष्ठको निर्णायकबाट दश जना जिल्ला स्तरीय दोश्रो अडिसनका लागि छनौटमा परेको हो । अडिसनमा दर्जनवढीले सहभागिता जनाएको थियो । प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।
कहिले कहाँ हुदैछ अडिसन हेरौ
पुस १२ गते खोटेहाङ गाउँपालिका, पुस १४ गते जन्तेढुंगा गाउँपालिका, पुस १६ गते वराहपोखरी गाउँपालिका, पुस २० गते हलेसी तुवाचुङ नगरपालिका, पुस २१ गते रावाबेंशी गाउँपालिका, पुस २२ गते ऐसेलुखर्क गाउँपालिका, पुस २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र पुस २६ गते केपीलासगढी गाउँपालिकामा पहिलो चरणको अडिसन हुनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलमा अडिसन हुनेछ । गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुनेछ । पालिकास्तरीय अडिसनमा जिल्लाका गायन क्षेत्रमा बिज्ञहरु निर्णायकमा रहनेछ ।
यो पनि पढ्न्होस
हलेसी-साईनो स्टार :साकेला गाउँपालिकाबाट १० जना छनौट
२०७५ पुस १० गते बिहान ९ : ५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology