• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघारौं चरणका खेलहरू हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघारौं चरणका खेलहरू हुँदै


समायोजन खबर
  • बुधबार, पौस ११ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघारौं चरणका खेलहरू सुरु हुँदैछ । ११ औँ चरणको खेल अन्र्तगत आज ३ खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । हिमालयन शेर्पा क्लब महत्वपुर्ण ३ अङ्क जोड्दै तालिकाको शीर्ष पाँच भित्र अटाउने लक्ष्यमा हुनेछ । शेर्पा १४ अंक सहित तालिकाको आठौँ स्थानमा छ । ब्रिगेड ६ अङ्क सहित १२ औं स्थानमा छ ।

     

    आज हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजेबाट एन्फा मैदानमै खेल हुनुेछ । जावलाखेल ८ अङ्क सहित दशौँ स्थानमा छ । मछिन्द्र ६ अङ्क सहित तालिकाको १३ औं स्थानमा छ । यस्तै आजै हुने तेस्रो खेलमा न्यूरोट टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हलचोकस्थित एपीएफ मैदानमा साढे २ बजेबाट सुरु हुने खेलमा तालिकाको पुछारमा रहेको एनआरटीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । फ्रेन्ड्स ८ अङ्क सहित तालिकाको एघारौँ स्थानमा छ । एनआरटी ४ अङ्क सहित तालिकाको पुछारमा छ ।
    २०७५ पुस ११ गते बिहान ९: २८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology