समायोजन खबर काठमाण्डौ,
सरकारले आजदेखि कर्मचारी समायोजन प्रक्रिया सुरु गर्ने भएको छ । अध्यादेशले कर्मचारीको वृत्तिविकासमा बाधा पुग्ने भन्दै कतिपयले विरोध गर्दै आएका छन् । तर सीआइएनसँग कुराकानी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले भने अध्यायदेशले कर्मचारी वृत्तिविकासमा बाधा नपुग्ने दाबी गर्नुभयो । मन्त्रालयले यस विषयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
यसैबीच, मन्त्रालयले जेष्ठ कर्मचारीको नामावली पनि सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवको नामावली सार्वजनिक गरेको हो । दुई सय २५ जनाको नामावलीको पहिलो नम्बरमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका चुडामणि शर्मा पर्नुभएको छ । सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ ।
२०७५ पुस ११ गते बिहान ९ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology