• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपतिबाट हुने

जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपतिबाट हुने


समायोजन खबर
  • मंगलबार, पौस १० २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर सिन्धुपाल्चोक,
    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित गुफाडांडामा पुष १६ र १७ गते हुने राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपति बिद्यादेबी भण्डारीले गर्नुहुने भएको छ । जिल्ला समन्वय समिति महासंघको आयोजनामा हुन लागेको सम्मेलन यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएतापनि उहाँको स्वास्थ्य अवस्थाको कारण रास्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम तय भएकोे हो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा सम्मेलन हुने स्थान गुफाडाँडामा जाने मोटरबाटोे, धारा पानीको व्यवस्थापनका साथै चउर सम्याउने काम सकिएको छ ।दुई हजार पाँच सय मिटरको उचाइमा रहेको गुफाडाँडामा जलवायु सम्मेलन हुने भएपछि आन्तरिक पर्यटकको आगमन समेत बढ्न थालेको छ ।

     

    सतहत्तर वटै जिल्लाका प्रतिनिधि सहभागी हुने सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख सहित प्रत्येक जिल्लाबाट तीनजनाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका योजना निर्माणका साथै, स्थानीय तहको योजनामा मूल प्रवाहीकरण गर्न सहयोग गर्ने, जलवायु परिवर्तनका कारणले कृषि, जलस्रोत, वन तथा जैविक विविधतामा पारेको असरका बारेमा छलफल हुनेछ । देशलाई जलवायुमैत्री, जलवायु परिवर्तनसँगै अनुकूलित योजना निर्माण र परिवर्तन न्यूनीकरणका गतिविधि सञ्चालन गर्नका लागि नीति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालालाई निर्देशित गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
    २०७५ पुस १० गते राती ८ : ३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology