• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा राती ९ बजेपछि ट्याक्टर चलाउन नपाइने

खोटाङमा राती ९ बजेपछि ट्याक्टर चलाउन नपाइने


चिसाङ शेर्पा
  • मंगलबार, पौस १० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा राती ९ बजेपछि ट्याक्टर चलाउन नपाइने भएको छ । सवारी दुर्घट्नामा न्युनिकरण गर्नका लागि अब रातको समयमा ट्याक्टर चलाउन नपाईने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय, प्रहरी र ट्याक्टर व्यवसायीविच बसेको छलफलले विहान ५ बजेदेखी वेलुका ९ बजेसम्म मात्रै ट्याक्टर चलाउन पाउने निर्णय गरेको छ । यस्तै, ट्याक्टरमा चर्को संगीत (डिजे) वजाउन र इयरफोनको प्रयोग गर्ने नपाईने खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जानकारी दिए । मंगलबार पत्रकारहरुलाई दिएको जानकारी अनुसार ट्याक्टर सिंगारको नाममा बाटो समेत छेकिने गरी अगाडी तथा झुण्ड्याइएको कपडा, पाल, तस्विर तथा अन्य सिंगार सामग्रीहरु ट्याक्टर धनी तथा चालकलाई तुरुन्त हटाउन लगाइएको छ ।

     

    उल्लेखित समयमा वाहेक अन्य समयमा ट्याक्टर सञ्चालन गरी दुर्घट्ना भएमा त्यसको सम्पुर्ण जिम्मेवारी ट्याक्टर धनीले बेर्होनुपर्ने जनाइएको छ । ट्याक्टर चालकहरुसँग सवारी चालक अनुमति नलिई सवारी चलाउने चालकलाई कारवाही गरिने तथा ट्याक्ट धनीले चालकको अनुमती पत्र चेकजाँच गरेर सवारी चालकलाई दिनुपर्ने निर्णय भएको छ । ट्याक्टर चालक तथा सहचालकको अनिवार्य विमा सवारी धनीबाट गराउनुपर्ने समेत छलफलले निर्णय गरेको छ । गत आईतबार मात्रै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा ट्याक्टर दुर्घट्नामा तीनजनाको मृत्यु भएको थियो ।
    २०७५ पुस १० गते साँझ ७ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology