• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजपाको मागमा सरकारले एक हप्ताभित्र जवाफ दिने

राजपाको मागमा सरकारले एक हप्ताभित्र जवाफ दिने


समायोजन खबर
  • मंगलबार, पौस १० २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन लगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गर्नुभएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग आज बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गर्नुभएको हो । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्यसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

     

    राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले एक हप्ताभित्र आफ्ना माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेको र आफूहरुले समय दिएको बताउनुभयो । छलफलमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी नदिइएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्रीसँगको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्षमण्डलका सबै ६ जना सदस्य सहभागी थिए ।
    २०७५ पुस १० गते साँझ ७ : ३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology