• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विवाह मण्डपमा बेहुली कुट्ने पाँचजना पक्राउ

विवाह मण्डपमा बेहुली कुट्ने पाँचजना पक्राउ


समायोजन खबर
  • मंगलबार, पौस १० २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर तेह्रथुम,
    तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति साढे दश बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेमा बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् ।

     

    प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदीप लिम्बु र वर्ष १७ का मन्दीप लिम्बुलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारकालागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाmबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    २०७५ पुस १० गते बिहान ९ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology