चिसाङ शेर्पा खोटाङ,
ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु गएको छ । दिक्तेलबजारबाट निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, सोही ठाउँका २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो । लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा ल्याउनेक्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

दुर्घट्नामा घाईते भएका दुर्गाबहादुर लुईटेललाई जिल्ला अस्पतालबाट हेलिप्याड तर्फ लगिदै । तस्विर चिसाङ शेर्पा
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाईतेलाई काठमाण्डौ लगियो

दुर्घट्नामा घाईते दुर्गाबहादुर लुईटेललाई हेलिकोप्टरमा लगाई सकेपछि आफन्त तथा प्रहरीहरु । तस्विर चिसाङ शेर्पा
ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको देब्रे खुट्टाको घुँडामूनी चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ । उनलाई थप उपचारका लागि अघि बिहान ९ :४० बजे एयर डाइनेष्टिको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको छ ।
२०७५ पुस ८ गते बिहान १०ः१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology