पर्सा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघदेखि प्रदेशभित्र जन्मिने सबै छोरीको शिक्षा बिमा गरिने घोषणा गरेका छन्। प्रदेश सरकारले थालनी गरेको ‘बेटी बचाइ, बेटी पढाइ’ अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको जानकारी दिएका हुन्।
वीरगञ्ज पब्लिक कलेजले आज वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले तराईमा रहेको दाइजो तथा बालविवाहलाई बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताए।
उनले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा राखेका थिए। प्रदश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी उनले दिए।
वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमबीए, एमबीएस, बीबीए, बीबीएस उत्तीर्ण १३१ विद्यार्थीलाई मुख्यमन्त्री राउतले प्रमाणपत्र प्रदान गरे। रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology