समायोजन खबर काठमाण्डौ,
काठमाडौंमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा हुने फाइनल खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।
साबिकको उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा मैदानमा उत्रनेछ भने ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रने छ । दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई पराजित गरेर उपाधिका लागि स्थान सुरक्षित गरेको हो । दुवै टोलीको लक्ष्य पहिलो पटक उपाधि जित्ने हुनेछ ।
२०७५ पुस ७ गते बिहान ९ : ४८मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology