• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा स्थायी कमिटि बैठक आजपनि, दूई अध्यक्षको जवाफ भोली

नेकपा स्थायी कमिटि बैठक आजपनि, दूई अध्यक्षको जवाफ भोली


समायोजन खबर
  • शनिबार, पौस ७ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    नेकपाको जारी स्थायी कमिटी बैठकमा उठेका प्रश्नको भोली अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुने भएको छ । स्थायी कमिटी बैठकमा अव नेता माधवकुमार नेपाल र झलनाथ खनालले मात्र बोल्न बाँकी छ । आज बस्ने स्थायी कमिटि बैठकमा दुवै नेताले बोल्नु हुनेछ । दूई अध्यक्षले भोली जवाफ दिनेगरी तयारी भएको नेकपाका स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले सीआईएनलाई जानकारी दिनुभयो ।

     

    हालसम्म नेकपाका ४५ स्थायी कमिटीका सदस्यमध्ये ४१ जनाले आफ्नो विचार राखिसकेका छन् । आजको स्थायी कमिटी बैठक तीन घण्टा बसेर स्थगित भएको थियो । बैठकमा सात जना सदस्यले आफ्नो विचार राखेका छन् । एकताको ७ महिना वित्दासमेत स्थानीयस्तरको पार्टी एकतालाई टुङ्ग्याउन नसकेको भन्दै बैठकमा नेतृत्वको आलोचना भएको छ । साथै कतिपय स्थायी कमिटि सदस्यले सरकारको आलोचना गरेका छन् ।
    २०७५ पुस ७ गते बिहान ९ : २७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology