काठमाडौं । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।
यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो ।
यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।
त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।
अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology