समायोजन खबर काठमाण्डौ,
नेपाली काँग्रेसको विधान मस्यौदामा सहमति जुटेसँगै अनुमोदनका लागि केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । आज बिहान पार्टीका शीर्ष नेताहरूबीच सहमहामन्त्रीको सङ्ख्या ७ जनासहित पदाधिकारी सङ्ख्या १३ पु¥याउने सहमति जुटेपछि अनुमोदनका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो ।
अनुमोदन भएपछि भोलिको महासमिति बैठकमा पेश हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । शीर्ष नेताहरुबीच सभापति तथा कोषाध्यक्ष १/१, उपाध्यक्ष २, महामन्त्री २ र सहमहामन्त्री समावेशीसहित ७ जना पु-याउने सहमति जुटेको हो । महासमिति बैठक बिहान ११ बजे बसेको थियो । बैठकमा १९ जनाले बिभिन्न प्रतिवेदनका बारेमा आआफ्नो धारणा राखेको महासमिति सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो ।
२०७५ पुस ६ गते साँझ ६ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology