• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हरिवनमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध

हरिवनमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध


समायोजन खबर
  • शुक्रबार, पौस ६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर सर्लाही,
    सर्लाहीको हरिवनमा अबदेखि प्लाष्टिकको झोला प्रयोग गर्न नपाईने भएको छ । उपमेयर एवं न्यायिक समितिकी संयोजक तथा कार्यावाहक मेयर रेणुका पौडेल र हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ सहितका पदाधिकारीहरुको संयुक्त बैठकले हरिवनमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हरिवन उद्योग वाणिज्य संघका सचिव कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

     

    बैठकले तत्कालका लागि कालो झोला मात्रै प्रयोगमा रोक लगउने र प्लाष्टिकको झोलाको विकल्प तयार भईसकेपछि पूर्ण रुपमा नगरलाई प्लाष्टिक झोला मुक्त बनाउने निर्णय भएको हो । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने र यसले वातावरणलाई समेत नकरात्मक असर पार्ने हुँदा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने निर्णय गरिएको उपमेयर एवं कार्यावाहक मेयर पौडेलले बताउनुभयो । गत वर्ष नगरपालिकाले कपडाका झोला बनाउने तालिमहरु समेत सञ्चालन गरेको बताउँदै उपमेयर पौडेलले हरिवन नगरपालिकालाई पनि प्लाष्टिक मुक्त बनाउने उदेश्यले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।
    २०७५ पुस ६ गते साँझ ५ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology