• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीमतीलाई बलात्कार गरेको आरोप श्रीमान् पक्राउ

श्रीमतीलाई बलात्कार गरेको आरोप श्रीमान् पक्राउ


समायोजन खबर
  • शुक्रबार, पौस ६ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर ताप्लेजुङ,
    ताप्लेजुङमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवती (श्रीमती)ले २४ वर्षीय श्रीमानबिरुद्द बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उनले गत असोज ८ गते बलात्कार गरेको श्रीमतीको आरोप छ ।

     

    बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ ।
    २०७५ पुस ६ गते दिउँसो २ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology