समायोजन खबर काठमाण्डौं,
काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने आजको दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिहान साढे ११ बजेबाट सुरु हुने खेलमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौं र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु नै हुनेछ । आजको टोली विजेताले शनिबार हुने फाइनलमा ललितपुरसँगको प्रतिस्पर्धा निश्चित गर्नेछ । भैरहवा काठमाडौंलाई हराएर फाइनलमा पुग्न चाहन्छ । यस्तै काठमाडौंविरुद्ध भैरहवा लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology