चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क यातायात परिचयपत्र वितरण सुरु गरिएको छ । आठ गाउँपालिकामध्ये विकासमा सवैभन्दा अगाडी रहेको गाउँपालिकाले ६५ वर्ष माथीका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई यातायातमा निःशुल्क सुविधा दिने उद्देश्यले निःशुल्क यातायात परिचयपत्र वितरणको काम थालेकोे हो ।
यातायातमा ज्येष्ठ नागरिकहरुको समस्यालाई ध्यानमा राख्दै गएको मंसिर २२ गते खोटाङ यातायात प्रालिसँग सम्झौता गरेको गाउँपालिकाले सप्तेश्वर छितापोखरीबाट निःशुल्क यातायात परिचयपत्र वितरण थालेको गाउँपालिकाले जनाएको छ । बुधबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले स–छितापोखरीका ७५ वर्षीय डिल्ली वहादुर थापालाई परिचयपत्र हस्तान्तरण गर्दै वितरणको काम सुरुवात भएको बताएका छन् । निःशुल्क यातायात परिचयपत्र हुने ज्येष्ठ नागरिकले अब, गाउँपालिका क्षेत्रभीत्र चल्ने प्रालिको सानाठूला गाडीमा निःशुल्क यातायात सुविधा पाउनेछन् ।
वितरणको पहिलो दिन सप्तेश्वर छितापोखरीमा ७१ जना ज्येष्ठ नागरिक‐६५ वर्ष पार गरेका)लाई निःशुल्क यातायात परिचयपत्र वितरण गरिएको छ । अन्य वडाका उमेर तोकिए अनुसारका ज्येष्ठ नागरिकले भने, आ–आफ्नो वडा कार्यालयबाट निःशुलक यातायात परिचयपत्र पाउने गाउँपालिका प्रमुख राईले बताए । निःशुल्क यातायात परिचयपत्र पाएका गाउँपालिकाभरीका ज्येष्ठ नागरिकले गाडी चडे वापत यातायात व्यवसायीले टिकट दिने र पछि गाउँपालिकामा सो टिकटको अर्धकट्टीको आधारमा यातायात व्यवसायीलाई भुक्तानी दिईने गाउँपालिकाले व्यवस्था मिलाएको छ । हाल उक्त प्रालिको गाडी दिक्तेल मात्तिम–पञ्चमीबजार, रेग्मीटार–टुवाखेला–पञ्चमीबजार आवतजावत गरिरहेको छ । निर्माणाधिन फोक्सिङटारको वेलिव्रिज सञ्चालनमा आएपछि गाईघाट–पञ्चमीबजार सिधा यातायात सञ्चालन हुनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology