• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ईपीएलमा भैरहवा क्वालिफायरमा प्रवेश

ईपीएलमा भैरहवा क्वालिफायरमा प्रवेश


समायोजन खबर
  • बुधबार, पौस ४ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको हो ।

    टियु क्रिकेट मैदानमा चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भैरहवाका लागि प्रदीप ऐरीले ४२ रन जोड्दा कप्तान शरद भेषावकरले २९ रन जोडे । यस्तै कुशलमल्ल २७ रनमा अविजित रहदा रोहित कुमार पौडेल २४ रनमा अविजित रहे । कुशल र रोहितले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरे । अब भैरहवाले फाइनल प्रवेशका लागि बिहिबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । चितवनभने प्रतियोगिताबाट बाहिरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology