समायोजन खबर पाँचथर
सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, बस्ने २६ वर्षका लाले भनिने सुरेश भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको मंसिर २८ गते परिवारका अन्य सदस्य छिमेकीको बिहेमा निम्तो मान्न गएको र घरमा कोही नभएको मौकामा युवकले युवतीलाई फकाएर घर नजिकै लगेर बलात्कार गरेको पीडित परिवारका आफन्तको उजुरी अनुसार ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित युवती सानैदेखि देख्न, सुन्न र हिँड्न सक्ने भए पनि बोल्न नसक्ने रहेको परिवारले जनाएको छ । एकान्तमा लगेर ती युवकले मुख थुनेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । पक्राउ परेका युवकमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology