समायोजन खबर काठमाण्डौ,
बढ्दै गएको चिसो र शीतलहरका विषयमा सरकारले चासो राखेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले तराईका जिल्लाहरूमा जाडो मौसममा हुने शितलहरको समस्या र त्यसको प्रभावबारे छलफल गर्नु भएको हो । उहाँले आम मानिसलाई सुरक्षित बनाउने तरिका तत्काल खोज्ने विषयमा सम्बन्धित उच्च अधिकारहरूलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीले सम्भावित शीतलहरबाट सर्वसाधारणलाई जोगाउन उच्चजोखिममा रहेका नागरिकको तथ्याङ्क लिने र प्रशासनिक एवं सुरक्षा निकाय, राजनीतिकदल, नागरिक समाज,सङ्घ संस्था सबैको सहयोगमा प्रभावित जनतामा आवश्यकता अनुसार न्यानो कपडा ,औषधी, स्वास्थ्यकर्मी दाउराको व्यवस्थापन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल,नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
२०७५ मंसिर २३ गते बिहान ९ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology