• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा


समायोजन खबर
  • शनिबार, मंसिर २२ २०७५

  • …6«k|mL 6'/Údf /x]sf] /UaL ljZjsksf] 6«kmL ;u/dfyfsf] cfwf/ lzlj/ ;f]n'v'Da'sf] sfnfkTy/ k'¥ofOP/ ;fj{hlgs ul/Psf] 5 . t:jL/ M ;f}hGo g]kfn /UaL ;ª3, /f;;

    काठमाडौँ । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पु¥याइएको छ । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो ।

    नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रीत हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधार शिविर बिहीबार पु¥याएको सङ्का अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।
    ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।
    ‘विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ,’ उनले भने । त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

    नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

    रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology