• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिकामा अनियमितता भएको भन्दै डा. भट्टराईलाई ध्यानाकर्षण

नगरपालिकामा अनियमितता भएको भन्दै डा. भट्टराईलाई ध्यानाकर्षण


समायोजन खबर
  • शनिबार, मंसिर २२ २०७५

  • दिक्तेलमा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै छायाँ सरकारका प्रमुख तिर्थराज भट्टराई ।

    समायोजन खबर खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चालन भएका विभिन्न योजनामाथि छायाँ सरकारले आर्थिक पारदर्शीताको प्रश्न उठाएको छ । पाँच दिने अध्ययन भ्रमणका सिलसिलामा बुधबार खोटाङ आएका पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै नगरपालिकामा प्रतिपक्षीकारुपमा गठित कांग्रेसको छायाँ सरकारले अनियमितताको आरोप लगाएको हो । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छायाँ सरकारले कतिपय योजना सञ्चालनकाक्रममा कानून मिचिएको तथा कतिपय योजना सञ्चालनकाक्रममा आर्थिक हिनामिना भएको दाबी गरेको छ ।

     

    कांग्रेसको छायाँ सरकारका प्रमुख तिर्थराज भट्टराईले बुझाएको ध्यानाकर्षणपत्रमा दिक्तेलको हाटडाँडाबाट बुद्धेश्वर महादेबतर्फ जाने बाटोमा मापदण्ड विपरित गेट निर्माण गरिएको, दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका–६ नेर्पास्थित भुलभुले देउधाममा मध्यपहाडी लोकमार्गको मापदण्ड विपरित संरचना बनाइएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पनि सडकको मापदण्ड विपरित आँखा पोखरी निर्माण गरिएको उल्लेख छ ।

     

    यस्तै, छायाँ सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित पञ्चदोबाटोमा टहरा निर्माण, दिक्तेल–दुम्ली–रतन्छा सडक मर्मत, जिल्ला अस्पतालबाट खोटाङबजारतर्फ जाने सडक अतिक्रमण भएको, ई–हाजिरीको उपकरण खरिदमा अनियमितता गरिएको, पटक–पटक बजेट बिनियोजन हुँदै आएको भवनगैरामा पछिल्लो समय विनियोजित रकममा हिनामिनाको आशंका गरेको छ । यस्तै, गत वर्ष सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा लाखौं खर्च हिनामिना भएको, दिक्तेलको अल्छेढुंगामा बाटो ढलान हुँदा अनियमितता भएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय गुणस्तरहिन ढंगले निर्माण गरिँदा हाल आधा भत्किएको र आर्थिक अनियमितता भएको, भवनगैराबाट कृषि ज्ञान केन्द्रसम्मको बाटो निर्माणकाक्रममा प्रशासन र कृषि ज्ञान केन्द्रको जग्गा अनुमतीबिना अतिक्रमण गरेर सडक निर्माण गरेको र हिनामिना गरेको, कृषि, शिक्षा, स्वास्थ्य लगायतका शिर्षकमा आएको रकममा हिनामिना भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

     

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा गोठेमल सुधार कार्यक्रमका लागि बिनियोजित १४ लाख ३० हजार रकमले सन्तोषजनक काम नभए पनि वडाध्यक्षलाई सम्मान गरेर भ्रष्टाचारलाई बढावा दिएको, सोही वडाका वडाध्यक्ष लिला चौहानबाट शिक्षिकामाथि यौन दुव्र्यबहार भएको लगायतका विषयमा पुर्वप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छायाँ सरकारका प्रमुख भट्टराईले बताए ।
    छायाँ सरकारले त्रि–धार्मिकस्थल हलेसी, दिक्तेलको कालीका भगवती मन्दीर, बराहपोखरी, रुपाकोट, टेम्के, सोनापाताल, भुम्जु, जन्तेढुंगा, भानुमथी, दिप्लुङ छाँगा लगायतको पर्यटन प्रवद्र्धनका लागि पहल गर्न पुर्वप्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
    २०७५ मंसिर २२ गते साँझ ७: ४५ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology