• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शैक्षिक सुधार गर्न शुभम् फाउण्डेशनको सिको गर्नुपर्छ: डा. भट्टराई

शैक्षिक सुधार गर्न शुभम् फाउण्डेशनको सिको गर्नुपर्छ: डा. भट्टराई


समायोजन खबर
  • शुक्रबार, मंसिर २१ २०७५

  • फाउण्डेशनको अध्ययन एवम् अवलोकनपछि डा. भट्टराई सहित अन्य सामूहिक फोटो खिचाउदै । फाउण्डेशनको अध्ययन एवम् अवलोकनपछि डा. भट्टराई सहित अन्य सामूहिक फोटो खिचाउदै ।

    समायोजन खबर खोटाङ,
    पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले देशमा संघीयता लागू भइसेकेको अवस्थामा स्थानीय तहले शैक्षिक सुधार गर्न शुभम् फाउण्डेशनको सिको गर्नुपर्ने बताएका छन् । पाँच दिनका लागि खोटाङ आउनु भएका डा. भट्टराईले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनले सञ्चालन गरिरहेको जीबनमुखी शिक्षाको अवलोनपछि शैक्षिक सुधार गर्नलाई शुभम्को सिको गर्नुपर्ने बताएका हुन् ।

     

    कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने उक्त फाउण्डेशनका बारेमा अध्ययन एवम् अवलोकन भ्रमणपछि डा. भट्टराईले उक्त फाउण्डेशन नेपालका लागि मात्र नभइ विश्वभरका लागि उदाहरणीय भएको प्रतिक्रिया दिनुभएको छ । “यो फाउण्डेशनको शिक्षाविद् तथा शिक्षासँग सम्बन्धित सरोकारवाला पक्षले अध्ययन गर्नुपर्ने देखिन्छ ।” उहाँले भन्नुभयो, “यहाँ गरिएको शैक्षिक अभ्यासले नेपालमा जीवन उपयोगी शिक्षा दिने नीति बनाउन सरकारलाई सहयोग पुग्ने छ ।”

     

    खोटाङ आउनुभएका डा. भट्टराईलाई शुक्रबार फाउण्डेशन सञ्चालक समिति तथा विद्यार्थीले स्वागत गरेका थिए । देशभर परम्परागत शैक्षिक प्रणाली लागू भइरहेको अवस्थामा दिक्तेलस्थित शुभम् फाउण्डेशनले प्रयोगात्मक शिक्षा सञ्चालन गर्दै आएको छ । उक्त फाउण्डेशनमा विभिन्न ३४ जिल्लाका ३२ जातजातिका बालबालिका अध्ययनरत छन् । फाउण्डेशनमा देशका उच्च पदस्त व्यक्तिका छोराछोरी तथा असाह्य बालबालिकागरी १५० विद्यार्थी अध्ययनरत रहेका फाउण्डेशनका प्रबन्ध निर्देशक सुर्यबहादुर राईले जानकारी दिए । “फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीलाई जागिर भन्दा पनि जीवन उपयोगी शिक्षा दिने प्रयत्न गरिएको निर्देशक राईले सुनाए ।” हिजो मात्रै डा. भट्टराईले हलेसीको अनुगमन र हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्नुभएको थियो ।

    २०७५ मंसिर २१ गते साँझ ७: १९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology