समायोजन खबर पाँचथर,
पाँचथरको फिदिम नगरपालिकाले ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधीउपचार खर्च स्वरुप नगद पाँच हजार रुपैंयाँ प्रदान गर्न थालेको छ । औषधीउपचार खर्च पाएपछि जेष्ठ नागरिक हर्षित भएका छन् । नगद पाँच हजार प्राप्त गरेपछि फिदिम–१, का ८६ बर्षिय भीमप्रसाद भट्टराईले दंग पर्नुभयो । त्यस्तै नगरपालिकाका कर्मचारी घरैमा आएर औषधीउपचार खर्च भन्दै नगद पाँच हजार रुपैंयाँ दिएपछि फिदिम–४, का ८६ बर्षिय कुलबहादुर खत्री पनि हर्षित हुनुभयो ।
जेष्ठ नागरिकको औषधीउपचारमा खर्च गर्ने गरी बिनियोजन गरिएको पाँच लाख रुपैंयाँ रकमबाट प्रतिब्यक्ति पाँच हजार रुपैंयाँ प्रदान गर्न सुरु गरिएको नगर प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो । हालसम्ममा ८० जना जेष्ठ नागरिकले औषधीउपचार खर्च वितरण गरिसकिएको र नगरपालिकाको सबै वडाका ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सो रकम वितरण गरिने प्रमुख नेम्बाङले बताउनुभयो ।
२०७५ मंसिर २१ गते साँझ ६ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology