समायोजन खबर सोलुखुम्बु,
नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सोलुखुम्बु पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । महासंघका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न शाखाको बैठकले यसै बर्षदेखि हरेक वर्ष दुई जनालाई सोलुखुम्बु पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सोलुखुम्बु जिल्ला शाखाका क्रियाशिल सदस्यहरुमध्ये एक महिला र एक पुरुष पत्रकारलाई हरेक वर्ष नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरिएको सचिव शिखरजंग श्रेष्ठले जानकारी दिए ।
बैठकले पुरस्कारका लागि छनोट समिति समेत गठन गरेको छ । बैठकले जिल्ला शाखाको तेश्रो साधारण सभा यहि मंसिर २९ गते सल्लेरीमा गर्नेसमेत निर्णय गरेको छ । जिल्ला शाखाले सदस्यता नविकरण र नयाँ सदस्यताका लागि मंसिर मसान्तसम्मको म्याद तोकेको छ ।
२०७५ मंसिर २१ गते दिउँसो ३ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology